नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापति मा युवा नेता सुरेन्द्र सिंह बिजयी

रबिन्द्र ठाकुर फागुन ३० २०७८

नेपाली कांग्रेस सर्लाहीको सभापति मा युवा नेता सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सिंहले अर्का उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८०मतले पराजित गरेका हुन् । सिंहले १ हजार ७५८मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र प्राप्त गरी ३ सय ८० मतले पराजित भएको छ । नव निर्वाचित सभापति सुरेन्द्र सिंह आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर सर्लाहिलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको २० वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह समेत गरे ।

मतगणना परिणाम को अन्तीम नतिजा यस्तो रहेको छ ।
सभापतिका उम्मेद्वारद्वय
सुरेन्द्र प्रसाद सिंह १७५८ – निर्वाचित
लक्ष्मण राय १३७८

उपसभापतिका उम्मेद्वारहरु
डा। सरोज कुमार९राजु० १७६४( निर्वाचित
नविन अधिकारी १४९३ – निर्वाचित
रविनन्दन चौधरी९पप्पु० १३१४
शेख सदुल्लाह १४७४

सचिवका उम्मेद्वारहरु
निरज कार्की १७२६ – निर्वाचित
नरेन्द्र भट्टराई १३९९
कृष्ण राज रायमाझी १४१२
मनोज कुमार यादव १४२६ – निर्वाचित

सह(सचिवका उम्मेद्वारहरु
ईन्द्र बहादुर योन्जन १७११ – निर्वाचित
सुनिल कुमार कुशवाह १५७९ – निर्वाचित
सुर्य बहादुर खड्का १३६५
दिनेश मिश्र १२३७

Comments
Loading...