गोडैता नगरपालिका ३ सिमरामा विश्व मानव एकताको प्रतीक कबिर सत्यज्ञान महायज्ञ सम्पन्न

रबिन्द्र ठाकुर

सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतिपुरमा महात्मा बिजय साहबको निवासमा कबिर सन्तको बिशेष सहयोगमा बिश्वमा मानव एकता को प्रतीक कबिर आत्मज्ञान सत्यज्ञान २ दिवसिय महायज्ञ सम्पनन भएको छ ।

कवीर सत्यज्ञान महायज्ञ को प्रमुख आतिथ्य को रुपमा सितामढी बिहार करथैया मठको महात्मा राम स्वरुप साहेब आउनु भएको थियो । यज्ञ कार्तिक ३ गते उद्घाटन भै ४ गते समापन भएको थियो ।

कार्यक्रममा आतिथी को रुपमा मुज्फरपुर बिहारको तेपरी महात्मा लालदेब साहेब,बसत्पुर महात्मा महेशी साहेब,नेपाल बरहथवा को भुपानन्द दास,मलंगवा को राजकुमार दास, गायिका साधबी मुनि दासी सहितको उपस्थिति रहेको थियो ।
बि सं २००५ देखि अहिलेसम्म लगातार प्रत्येक बर्ष आशिवन पुर्णिामाको अवसरमा स्त्यग्यान महायज्ञ हुँदै आइरहेको कार्यक्रम को मुख्य आयोजक महात्मा बिजय साहबले बताउनुभयो ।त्यस्तै आयोजकको रुपमा रामइश्वर गोसाई,सन्त गोसाई,चन्द्रभुषण गोसाई,नरेश गोसाई सुरेश गोसाई,रामस्वार्थ महतो,रामपुकार महतो,चौधरी गोसाई,अरुण गोसाई,धुपन गोसाई,कैलास गोसाई,,सिताराम गोसाई,सतलाल गोसाई, सहित रहनुभएको थियो ।

Comments
Loading...