नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १० औँ साधारण सभा भब्यता का साथ सम्पन्न

रौशन झा लोकप्रिय समाचारदाता

सर्लाही,११ माघ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १० औँ साधारण सभा सम्पन्न भएको छ । पत्रकार महांसंघ सर्लाही शाखाको आयोजना तथा महासंघका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा सम्पन्न सधारण सभामा महासंघको आय व्यय प्रस्तुत गरिएको थियो ।

सधारण सभामा पत्रकार महासंघका सचिव श्रवण थापाले २०७३ साल देखि २०७७ माघ ९ गते सम्मको गरी ७ लाख १७ हजार २ सय ५२ रुपैया ६२ पैसाको आय व्यय विवरण पेश गरेको पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्नु हुदैँ कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेकै कारण पत्रकारलाई जेल सजाय हुने कानुन समाप्त हुनुपर्ने बताउनुभयो । जनताको हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार बनाएकै कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि प्रेस पुर्ण रुपमा स्वतन्त्र नभए सम्म देशमा संघीयता र लोकतन्त्र स्थापित नहुने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्यले भनाई थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु क्रमश चुडामणि वाग्ले, शंकर श्रेष्ठ ,कृष्ण एस्माली,रोशन न्यौपाने र अमन कोइराला नेपाल पत्रकार महासंघको १० औ साधारणसभाको उपलक्ष्यमा सम्मानित हुनुभएको पत्रकार रामबाबु खडकाले जानकारी दिनुभयो ।

साधारण सभा कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव शितल महतो,केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र , विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद अशोक यादव, संजय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,प्रहरी उपरीक्षक संतोष सिंह राठौर,शसस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ ,मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह,उपप्रमुख सबनम मिकरानी, गोडैता नपा प्रमुख देवेन्द्र यादव, वसवरीया गाउँपालिका प्रमुख लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...