हरिपुर्वामा नौवटै वडाको लागी मलखाद बिक्रेता सहकारी छानिए

रबिन्द्र ठाकुर माघ ०८ २०७७

हरिपुर्वा – सर्लाहीका स्थानीय तहहरुले अनुदानमा मलखाद वितरणका लागि धमाधम बिक्रेता छनौट गरिरहेका छन् ।

यसअघि संघीय सरकार मार्फत हुँदै आएको अनुदानको मलखाद वितरण कार्य अब स्थानीय तहहरुबाटै हुँदैछ । स्थानीय तहमै मलको आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन मल बिक्रेता छनौट गर्ने काम भइरहेको हो । सोही अनुसार हरिपुर्वा नगरपालिकाको नौ वटै वडामा मल वितरण गर्ने सहकारी संस्थाहरु छनौट गरिएको कृषि शाखा प्रमुख प्रभुनारायण चौधरी ले बताए ।

हरिपुर्वाको वडा नं १ माबौधिमाई साना किसान कृषि सहकारी, वडा नं २ मा जयगणराज सानाकिसान कृषि सहकारी, वडा नं। ३ मा बहुमुखी सहकारी , वडा नं ४ मा शिबशक्ति उपभोक्ता सहकारी संस्थाले अनुदानको मल वितरण गर्ने जिम्मा पाएका छन् । त्यसैगरी वडा नम्वर ५ मा साना किसान कृषि सहकारी संस्था, वडा नं ६ मा जयगणराज एग्रो ट्रेडर्स, वडा नम्वर ७ मा हर्दिनाथ कृषि सहकारी संस्था, वडा नम्वर ८ मामाहाकाल कृषि एग्रोभेट फर्म एण्ड सप्लाएर र वडा नम्वर ९ मा जयमा कालि कृषि सहकारी संस्थालाई छनौट गरिएको नगर उप प्रमुख चन्द्रकाला देबि सुडिले बताउनुभयो ।
जिल्लाका अन्य पालिकाहरुले पनि मल वितरण गर्ने सहकारी छनौट गर्न प्रक्रिया अघि बढाइरहेका छन् । अहिलेको व्यवस्था अनुसार किसानहरुले आवश्यक परेका बेला समयमै मल पाउन सकिरहेका छैनन् । खेती लगाउने बेला मल नपाउँदा किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर भारतीय मल प्रयोग गर्न बाध्य भइरहेका छन् ।

Comments
Loading...