महिला स्वयं सेबिकालाइ साइकल वितरण

मुकेश झा ११ अषाढ २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा रहेको ८ जना महिला स्वास्थ्य स्वयंसेविका लाई आज एक कार्यक्रमको बिचमा साइकल बितरण गरिएको छ ।


हरिपूर्वा नगरपालिका ५ को वडा कार्यालयमा वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा समपन्न साइकल वितरण कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख सियाराम रायले गर्नुभएको थियो । अहिले हरिपूर्वा नगरपालिकाको ९ वटा वडाको ३ वटा स्वास्थ्यचौकीमा मा ६० जना महिला स्वयं सेविका कार्यरत रहेको छन । मलिाहरुको मनोवल उच्च बनाउने उद्देश्यले तथा काम गर्न सजिलो बनाउनको लागी प्रत्येक वडाले साइकल बितरणको बजेट छुटयाएपनि अहिले सम्म वडा नम्बर ४ र ५ ले मात्र साइकल हस्तनान्तरण गरेको र अषाढ भित्रै केही वडाले पनि मलिा स्वयं सेबिकाहरुलाई साइकल हसतनान्तरण गरिदिने नगर प्रमुख सियाराम रायले बताउनुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य सिता वैठा,वडा सदस्य राम सेबक राम तथा महिला स्वय. सेबिकाको उपस्थिती थियो ।

Comments
Loading...