मोटरसाइकल दुर्घटनामा परि राष्ट्रिय अनुसंधान निरीक्षक (इन्सपेक्टर)को मृत्यु

लोकप्रिय समाचारदाता

इश्वरपुर १० सर्लाही । सर्लाहीको बयलबासमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी ज्यान जानेमा ईश्वरपुर नगरपालिका- ६, घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

साह सवार बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल मंगलबार राति फुलजोड -त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया पुल नजिक दुर्घटनामा परेको थियोे ।

स्थानीयले मोटरसाइकल पल्टिएको ठाउँदेखि केही पर आज बुधबार बिहान साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Comments
Loading...