लक्ष्मीपुजा तथा मेलाको उद्धघाटन मधेश प्रदेश सदस्य जंगीलाल रायद्वारा सम्पन्न

रबिन्द्र ठाकुर

कार्तिक २७ हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिका त्रिवेणी चौकमा शुभ दिपावलीको अबसरमा लाग्ने लक्ष्मी पुजा तथा मेला २०औ बर्षमा प्रबेश गरेको उप्लक्ष्यमा सर्लाही क्षेत्र नम्बर २(क) बाट निर्वाचीत मधेश प्रदेश सदस्य माननिय जंगीलाल राय तथा हरिपूर्वा नगरपालिका को नगरप्रमुख बिनोद कुमार साहले सयुंक्त रुपमा एक कार्यक्रमको बिच उद्धघाटन गर्नुभएको छ ।

वि.सं.२०६१ सालमा स्थानिय युवा नेता दिनेश रायको अध्यक्ष्तामा शुरुवात गरिएको लक्ष्मी पुजा तथा मेला निरन्तर स्थानिय व्यपारी तथा हरिपूर्वा नगरपालिको आम जनमानसबाट चन्दा संकलन गरि २०८० मा प्रबेश गरेकोले यस बर्ष यो पुजा तथा मेलालाई भव्यरुपमा त्रिवेणी चौकलार्इृ श्रृगांरीएको जयमा लक्ष्मी युवा क्लवका अध्यक्ष सरोज कुमार रायले वताएको छ ।

२०८० कार्तिक २६ गते देखी कार्तिक ३० गते सम्म चल्ने लक्ष्मी पुजा तथा मेलाको मुख्य आकर्षणमा विभिन्न प्रकारको खेल तामासा,झुला,अल्हारुदलको नाच प्रोग्राम सहितको कार्यक्रम रहेको जयमा लक्ष्मी युवा क्लवका सचिव हेमन्त कुमार साहले बताए ।

लक्ष्मीपुजा तथा मेलाको उद्धघाटन कार्यक्रमको अध्यक्षता जयमा लक्ष्मी युवा क्लवका अध्यक्ष सरोज कुमार रायले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतिथीको रुपमा सर्लाही क्षेत्र नम्बर २(क) बाट निर्वाचीत मधेश प्रदेश सदस्य माननिय जंगीलाल राय, बिशिष्ट आतिथीको रुपमा हरिपूर्वा नगरपालिका को नगरप्रमुख बिनोद कुमार साह, आतिथीको रुपमा वडाध्यक्ष श्यामबाबु राय,बिजय भुषण प्रसाद साह, नागरिक समाजका अगुवा दुखा राय,बिकाउ राय,जयप्रकाश राय,जामुन राय,कर्मचारी समाजका अध्यक्ष दिनेश राय,जयगंगा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष गणेश कुमार यादव, स्थानिय जनप्रतिनिधी आम जनसमुदाय सहित सैकडौको हिन्दु र्धमालम्बीहरुको उपस्थिती रहेको थियो ।

Comments
Loading...