सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार विजययी

लोकप्रिय अवाज समाचारदाता

सर्लाही,८मंसिर । सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (क) मा जेब्रा चुनाव चिन्हबाट जवाहरलाल कुशवाहा विजयी भएको छ ।

आज प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार कुशवाहाले १६५९१ मत प्राप्त गरि विजयी भएका छन । उहाको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईंले १५१६६ मत प्राप्त गर्नुभएको छ ।

कुशवाहा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका थिए । सता गठबन्धनले समाजवादी नेता दिल्ली उप्रेतीलाई प्रदेश सभाका टिकट दिएपछि कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कुशवाहाले एमालेका उम्मेदवार प्रसाईंलाई १४२५ मतान्तरले पराजित गर्नुभएको छ।

प्रसाईं हरिवन नगरपालिकाको पुर्व मेयर हुनुहुन्छ । नगर प्रमुखमा पराजित भएका प्रसाईं मधेश प्रदेश सदस्यमा पनि पराजित हुनुभएको छ ।

Comments
Loading...