२० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला,बलिउडमा ६५ कटेकालाई प्रतिबन्ध

मनाेरञ्जन खबर २०७७ जेठ २७ मंगलबार

मुम्बई । कोरोना कहरले वृद्ध कलाकारको गाँस खोस्ने अवस्था आइपरेको छ। बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णयपछि यस्तो अवस्था आइपरेको हो।

चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमणको उच्च जोखिम वृद्धवृद्धा तथा बालबालिकामा बढी हुन्छ। यसै तथ्यलाई मध्यनजर गर्दै मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेर बढीका कलाकारलाई सुरक्षाका दृष्टिकोणले सुटिङमा रोक लगाउने निर्णय गरेको हो।

स्मरण रहोस्, महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ। ६५ वर्षभन्दा बढीका पाका कलाकारले यो निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन्। चरित्र अभिनेता राजा मुराद भन्छन्, ‘यो निर्णय व्यावहारिक छैन। फिल्‍ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ। ’

बलिउडमा अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्। राजा मुरादले के अब अमिताभलाई पनि काम नगर भन्ने भनेर प्रश्नसमेत तेस्र्याएका छन्। उमेरलाई लिएर भेदभाव गरिएकाले यो निर्णय संविधानविपरीत भएको मुरादको आक्रोश छ।

Comments
Loading...