हरिपूर्वा प्रहरीचौकी नजिक रहेको पान पसलमा गएराती चोरी

२०७९ मसिंर ०२ लोकप्रिय अवाज समाचारदाता

हरिपूर्वा । प्रतिनिधी सभा निर्वाचनको मात्र ४८ घण्टा बाकी रहेको बेला हरिपूर्वा नगरपालिका पूरानो बजार स्थित रहेको प्रहरी चौकि भन्दा १० मिटर उत्तर पश्चिम रहेको श्री भगवानको पान पसलमा बिहिबार राती पसलको छानो तोडी नगद २० हजार, फ्रिजमा भएको चिसो पे पदार्थको प्याकेट हरु चोरी भएको पान पसल संचालका श्री भगवान ले बताएको छ ।


प्रतिनिधी सभा निर्वाचन नजिक्दै जादा चुनाव भएरहित र शान्तिपुर्ण बनाउन नेपाल प्रहरी,शस्त्र प्रहरी,नेपाली सेना सहितको गस्ती कडाईको साथ गाउ टोलमा परिचालन रहेको बेला हरिपूर्वा नगरपालिकाको मुख्य बजार तथा हरिपूर्वा नगरपालिकाको कार्यालय अगाडी मा रहको पान पसलमा चोरी हुनु निकै नै दुःखद पुर्ण रहेको व्यपारीहरुले बताएको छ ।

हरिपूर्वा पुरानो बजारमा चोरी हुनु कुनै पहिलो घटना हैन, केहि दिन अघि एन आई सि बैंक अगाडी रहेको साक्षी मोबाइल पसलमा समेत चारकिो प्रयास गरिएको थियो ।

यस बिषयमा हरिपूर्वा प्रहरी चौकि इन्चार्ज नन्दलाल बैठाका अनुसार चुनाव को २ दिन मात्र बाकी रहेकोले राती १२–१ वजे सम्म म्यादी तथा प्रहरी टोलिलाई बुथहरुमा व्यवस्थापन मिलाउनमा व्यस्त रहेको वेला चोरले काठको कटघेरा पछाडीबाट छानो हटाएर चोरी गरको छ । बिहानै देखि खोज तलास अनुसंधान गरिदैछु चाडै चोरलाई पक्रिने छ ।

Comments
Loading...