नेपाली कांग्रेशको नगर समिती सभापतिको पदस्थापना तथा होली शुभकामना कार्यक्रम सम्पन्न

मुकेश झा २०७७ चैत्र १३ हरिपूर्वा सर्लाही

सर्लाहीको हरिपूर्वा नगरपालिका मा नेपाली कांगे्रश नगर समितीसभापति पदस्थाप्ना तथा होलिको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सभापति सर्लाही क्षेत्र २ (क) को सभापति सुरेश रायको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथीको रुपमा नेपाली कांग्रेश को पूर्व जिल्ला सभापति लक्षमण राय रहनूभएको थियो ।

कार्यक्रममा सर्लाही को हरिपूर्वा नगरपालिकाको नगर समितीको संयोंजक पदको लागी बिगत केही दिन देखि बिबाद चल्दै आइरहेको थियो । जिल्ला कार्य समितीले मौजेलाल महतेलाई नगरसमितीको सयोंजकमा निर्णय गरेको थियो भने केन्द्रिय कायृ समितीले नबिन कुमार यादब लाई नगरसमितीको सयोंजकमा तोकेर पत्र पठाईएको थियो । त्यसै बिबाद लाई नेपाली कांग्रेश को मिती २०७७ चैत्र ५ गते मा नेपाली कांग्रेश केन्द्रिय निर्बाचन समितीको निर्णय बाट पुनः हरिपूर्वा नगर सयोंजकमा नबिन कुमार यादबलाई नै तोकेर पठाएको छ ।

आज एक कार्यक्रम को बिच संयोजक नबिन कुमार यादबलाई अगामी कार्यकालको लागी पदस्थाप्ना गरेको नेपाल तरुणदल को जिल्ला सभापति सुर्यनारायण रायले बताउनुभएको छ ।

कार्यक्रमा बिशिष्ट आतिथीको रुपमा पूर्व सभापत सत्यदेब सिहं,पूर्व उपसभापती विनोद खनाल,पूर्व सचिब रबिन्द्र चौधरी,रामहरि न्योपाने,नगरप्रमुख सियाराम राय, नेपाल तरुणदल को जिल्ला सभापति सुर्यनारायण राय, नेपाल शिक्षक संघ को पूर्व सभापति कौशल किशोर राय ,युवा नेता महेश राय सहित कार्यकर्ता को उपस्थिती रहेको थियो ।

Comments
Loading...